×

पीएनजीविरुद्ध आसिफ शेखको शानदार शतक

images

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि शेख र कुशल भुर्तेलले ओपनिङ गरेका थिए ।

पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । यो उनको करिअरको पहिलो शतक हो ।  कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्धको खेलमा एक हजार रन पूरा गरेका हुन् ।

आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि बनेका छन् ।  उनले ३२ इनिङ्समा एक हजार रन पूरा गरेका हुन् । यसअघि नेपालका लागि रोहित कुमार पौडेलले एक हजार रन बनाएका थिए । आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ११० रनको साझेदारी गरेका थिए । उनले शतक पुरा गर्दा कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरे ।

एक दिवसीय करियरको पहिलो शतक प्रहार गरेसँगै आसिफ नेपालका लागि ओडीआईमा शतक बनाउने पाँचौँ खेलाडी बने । यसअघि, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक बनाएका थिए ।

सन् २०२१मा सेप्टेम्बर ७ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ इनिङ खेलेका छन् । उनले १०१ बलमा १० चौका र २ छक्काको मदतमा १०० रन पुरा गरेका हुन् । 

बिहीबार २५ फागुन २०७९ १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया