काठमाडौं । गत साताको मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन आइतबार पनि घटेको छ । आज नेप्से ११.४९ अकंले घटेर २६८८.३१ बिन्दुमा बजार बन्द भएको छ ।
यसदिन १३ उपसमूहमा व्यापार, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहबाहेक अन्य सबै उपसमूहको शेयरमूल्य घटेको छ । कारोबारमा आएका २४२ कम्पनीमध्ये ६८ कम्पनीको शेयरमूल्य मात्रै बढेको छ भने १६८ कम्पनीको शेयर ओरालो लाग्दा ६ कम्पनीको स्थिर छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बिहीबार ९ अर्ब २४ करोडको शेयर कारोबार भएकोमा आज ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया