×

बालक अपहरणको आरोपमा एक भियतनामी नागरिक पक्राउ

images

काठमाडौं । बालक अपहरणको आरोपमा एक भियतनामी नागरिक पक्राउ परेका छन् । ललितपुरबाट बालक अपहरण गरेको आरोपमा भियतनामी नागरिक मि हाङ किन्हालुनले कलंकीबाट पक्राउ परेका हुन् ।

उनलाई केही बेरमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालकको सकुशल उद्धार गरेको बताइएको छ । अपहरण गरेर ती बालकलाई कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाइएको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धार गरेको थियो ।

अपहरण आरोपमा पक्राउ परेका २३ वर्षीय नागरिक भियतनामको चाइवाङ सिटीका उनी २७ डिसेम्बर २०२३ मा नेपाल आएको प्रहरीको भनाइ छ । ११ दिन नेपाल बसेपछि उनी भारतको नयाँ दिल्ली गएका थिए । २७ अप्रिल २०२४ मा भारतको पञ्जाबबाट सडकमार्ग हुँदै पुन नेपाल आएर बसोबास गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो ।

भारतबाट नेपाल आएपछि उनी स्वयम्भूस्थित एक होटलमा दुई महिनासम्म बसेका थिए । ठमेलेस्थित एक होटलमा एक हप्ता बसे । अपहरण गरेपछि ती बालकलाई उनले ट्याक्सीमा चढाई लगेको कलंकी लगेको पाइएको छ । पाटन कृष्ण मन्दिरबाट इनड्राइभमाफृत ट्याक्सी बुक गरेर झम्सीखेलसम्म पुगेको र त्यहाँबाट अर्को ट्याक्सी लिएर सुन्धारा गएर श्री गुरु होटलमा बसेको देखिएको छ’, एक अनुसन्धान अधिकृलते भने । त्यहाँबाट उनी कलंकी पुगेका थिए । 

आइतबार​ २७ माघ २०८१ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया