×

हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्‍याएको छु- प्रकाशमान सिंह

images

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ ?’ भनि प्रश्न गरेका थिए । मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउँदै आफूले जनतालाई केही समय कुरिदिन आग्रह गरेको सिंहले बताए ।

सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे । काडमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसकेको उनले बताएका थिए ।

संविधान र्निमाण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बढाएको सिंहले जनाए ।  ‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्‍याएको छु,’ उनले भने ।

मङ्गलबार २२ कात्तिक २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया