×

सत्ता गठबन्धनको सिट बाँडफाट (सूचीसहित)

images

काठमाडौं । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिने छ । यद्यपि लोसपाले १५ सिट मागेको छ भने  माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिएपछि सत्ता गठबन्धनले अर्को मधेसवादी दल लोसपासँग मिलेर चुनाव लड्न शुक्रबारदेखि नै छलफल अघि बढाएको थियो। यो सहमतिअनुसार कांग्रेसले ८८ सिट लिने, माओवादीले ४७, एकीकृत समाजवादीले १८ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने छन्। लोसपाले १५ सिटमा आफ्नो दाबी गरे पनि उसलाई ८ देखि १० सिट छुट्याउन सत्ता गठबन्धनका तीन प्रमुख दल तयार भएका छन्। 

 

 

      

 

 

 

शनिबार २२ असोज २०७९ ०९:३२ AM मा प्रकाशित

प्रतिक्रिया