×

त्रिविको बजेट झन्डै ३१ अर्ब: अनुसन्धान र शैक्षिक सुधारमा जोड

images

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी आर्थिक वर्षका लागि झन्डै ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयको ६६औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कूल ३० अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको अनुमानित बजेट पास गरेको हो।

प्रस्तावित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो। विश्वविद्यालयले आम्दानीका स्रोतका रूपमा नेपाल सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोतलाई मुख्य आधार बनाएको छ। जसमा सरकारबाट अनुदान प्राप्त हुने र बाँकी रकम आन्तरिक परीक्षा शुल्क, शिक्षण शुल्क तथा अन्य आम्दानीबाट व्यहोरिने विश्वविद्यालयले जनाएको छ।

कुल बजेटको ठूलो हिस्सा साधारण खर्च अर्थात् शिक्षक तथा कर्मचारीको तलब, भत्ता र पेन्सनमा विनियोजन गरिएको छ। यसैगरी शैक्षिक सुधार, अनुसन्धान, प्रविधि अभिवृद्धि र भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा पनि बजेट छुट्याइएको छ।

त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय प्रविधिमैत्री शिक्षा, परीक्षा प्रणालीमा सुधार र समयमै नतिजा प्रकाशन गर्ने लक्ष्य राख्दै आएको छ। बजेटले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि र अनुसन्धानमूलक कार्यलाई प्राथमिकता दिएको त्रिवि प्रशासनले जनाएको छ।

बिहीबार २२ असोज २०८३ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया