×

पाकिस्तानको क्वेटासहित बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द

images

काठमाडौँ । पाकिस्तानको क्वेटासहित सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । पाकिस्तानी मिडियाका अनुसार सुरक्षा कारण देखाउदै सम्पूर्ण प्रान्तमा मोबाइल इन्टरनेट सेवा निलम्बन गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार आतंकवादी घटनाको डरका कारण अगस्ट ३१ सम्म सम्पूर्ण बलुचिस्तानमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसअघि पनि बलुचिस्तानका केही क्षेत्रहरूमा केही समयको लागि इन्टरनेट सेवा बन्द गरिएको थियो । तर यसअघि यस तरिकाले सम्पूर्ण प्रान्तमा कहिल्यै इन्टरनेट सेवा बन्द गरिएको थिएन । विहिबार बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा एक पाकिस्तानी सेनाका मेजरसहित कम्तीमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

शुक्रबार​ २४ साउन २०८२ ०७:४७ PM मा प्रकाशित

प्रतिक्रिया