×

बागमतीका मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

images

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् ।

बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बागमती प्रदेश सभाको बैठक साउन २७ गते अपरान्ह ४ बजे बस्दैछ ।

११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।

 

शुक्रबार​ २४ साउन २०८२ ०७:४१ PM मा प्रकाशित

प्रतिक्रिया