काठमाडौँ । विभिन्न विचारधारा र पृष्ठभूमि बोकेका सात वटा राजनीतिक दलहरूले संयुक्त रूपमा 'अग्रगामी मोर्चा' को घोषणा गरेका छन् । २३ साउन २०८३ का दिन काठमाडौँको थापागाउँमा आयोजित एक विशेष कार्यक्रमबीच मोर्चा गठनको औपचारिक घोषणा गर्दै २८ बुँदे उद्देश्य र कार्यदिशा समेटिएको अवधारणापत्र सार्वजनिक गरिएको हो ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, पहिचान र अधिकारको प्राप्ति तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर यो मोर्चा निर्माण गरिएको नेताहरूले बताएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले कार्यक्रममा मोर्चाको नीति तथा भावी कार्यदिशा वाचन गरेर सार्वजनिक गर्नुभएको थियो ।
मोर्चामा आबद्ध सात दलहरू
नयाँ मोर्चामा संसद् र बाहिर रहेका मधेसकेन्द्रित, पहिचानवादी तथा प्रगतिशील शक्तिहरू सामेल छन् :
१. जनता समाजवादी पार्टी (जसपा) नेपाल – उपेन्द्र यादव
२. जनमत पार्टी – डा. सीके राउत
३. नागरिक उन्मुक्ति पार्टी (नाउपा) – रेशम चौधरी संरक्षक
४. प्रगतिशील लोकतान्त्रिक पार्टी – जनार्दन शर्मा
५. आम जनता पार्टी (आजपा) – प्रभु साह
६. नेपाल संघीय समाजवादी पार्टी – रिजवान अन्सारी
७. बहुजन एकता पार्टी नेपाल
अवधारणापत्रका मुख्य बुँदा तथा २८ बुँदे उद्देश्यहरू
सार्वजनिक गरिएको अवधारणापत्रमा मुलुकको राज्य संरचनामा व्यापक सुधार र नागरिकको आर्थिक समुन्नतिका लागि २८ वटा बुँदामा लक्ष्यहरू निर्धारण गरिएको छ :
साना दलहरूको शक्तिशाली समीकरण
संविधान संशोधन र राज्यको पुनर्संरचनाको बहस चलिरहेका बेला संसद्का साना र क्षेत्रीय दलहरू एक ठाउँमा उभिनुलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । आगामी दिनमा संसद् र सडक दुवै माध्यमबाट आफ्ना एजेन्डाहरू स्थापित गर्न र नयाँ राजनीतिक समीकरणमा बलियो बार्गेनिङ शक्ति बनाउन यो मोर्चाले संयुक्त आन्दोलन र दबाबका कार्यक्रमहरू अघि सार्ने घोषणा गरेको छ ।
प्रतिक्रिया