×

बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।

तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलसहितको नक्सासहितको तस्बिर शाहले आफ्नो कार्यकक्षमा राखेका हुन्। भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् । 

भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको तस्बिर राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

मेयर बालेन शाह भने अहिले भारतको बैंगलुरूमा छन‍्‍। भारतले जेठ १४ गते नयाँ संसद भवनको उद्घाटन गरेको थियो। उक्त भवनमा भारतले ‘अखण्ड भारत’ को नक्सा राखेको थियो।उक्त नक्सामा ‘अखण्ड भारत’ मा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटिएको छ। 

बिहीबार २५ जेठ २०८० ०४:०६ PM मा प्रकाशित

प्रतिक्रिया