×

हरियो चुनाव चिन्ह बनाउने आयोगको निर्णय अमान्य हुने: अध्यक्ष ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गरे । 

उनले भने–‘निर्वाचन आयोगले चुनाव चिन्ह हरियो बनाउने रे ? कुन हिसावले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ?  कि कसैको चुनाव चिन्ह हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिन्ह रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि । मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन । मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदी आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’

उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्धा जितेर आएको भन्दै ब्यङ्ग्य गरे ।

मङ्गलबार २४ फागुन २०७८ ०४:१० PM मा प्रकाशित

प्रतिक्रिया