काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी एक महिने कार्यक्रम स्थगन् भएको छ । अध्यक्ष पुष्पकमल दाहालले नै अहिले गणतान्त्रिक व्यवस्थामाथि चौतर्फी प्रहार हुन थालेपछि त्यसको प्रतिकार गर्नको लागि पार्टीको अभियान स्थगन् गराएका हुन् ।
झापाबाट सुरु भएको अभियान यतिवेला रौतहट पुगेको छ । रौतहटबाटै अभियान स्थगन् गरिने अभियानमै सरिक एक नेताले जानकारी दिए । अध्यक्ष दाहालसहितका नेताहरु आजै काठमाडौं फर्किने जनाईएको छ ।
राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा सडकमा आन्दोलन चर्काएको बेलामा दाहालले पार्टी अभियानमा मात्रै होमिनु गलत मेसेज जाने भएकोले त्यसको पनि प्रतिकार गर्नको लागि अभियान रोक्नुपरेको जनाएका छन् ।
त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका छन्। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो।
राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौं फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन्।
प्रतिक्रिया