×

नेपाल वायुसेवा निगमको एयरबस चालक दलका सबै सदस्य महिला, बन्यो इतिहास

images

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज बुधबार सबैजना महिला चालक दलका सदस्यले उडाएर नयाँ इतिहास बनाएको छन ।  दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस ए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई गएको थियो।

पाइलटद्वय भावना पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज बुधबार फर्किँदा चालक दलका अन्य सदस्य पनि सबै महिला रहेका थिय।  दुबईबाट काठमाडौंका लागि बुधबार बिहान ४ बजेर ५५ मिनेटमा उडेको जहाजमा चालक दलका सबै सदस्य महिला रहेको निगगमले जनाएको छ। 

यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो ।

आज ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको हो । यो जहाज बुधबार बिहान १०.३५ बजे काठमाडौंमा अवतरण भएको हो। दुईजना पाइलटसँगै यो जहाजमा एयरहोस्टेहरु पुरअन्जक महर्जन,  संगीता केसी, बास्ना राना र अनिशा प्रजापति थिए। 

बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो। 

निगमकी प्रवक्ता अर्चना खड्काले यो नेपालको अन्तर्राष्ट्रिय उडानमा सबैजना महिला चालक दलका सदस्य सहभागी पहिलो यात्रा हो। 

बुधबार २४ फागुन २०७९ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया