नेपाली बजारमा आज सुनको मूल्य स्थिर

    images

      काठमाडौँ  नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।

      त्यस्तै मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ ।

      चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँमा निर्धारण भएको छ ।

      मङ्गलबार २४ फागुन २०७८ १२:५६ PM मा प्रकाशित

      प्रतिक्रिया