काठमाडौं । भोलि बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नका निमित्त उक्त बैठक बस्न लागिएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए । सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको हो । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।
प्रतिक्रिया