काठमाडौं । अमेरिकाको अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटिएको अधिकारीहरूले बताएका छन् । गत बिहीबार अलास्कामा बेपत्ता भएको १० जना सवार विमानको भग्नावशेष फेला पारेको बताएका हुन् । दुर्घटनामा सबै दश जनाको मृत्यु भएको आशंका गरिएको छ ।
अमेरिकी तटरक्षक दलले शुक्रबार दिउँसो सामाजिक सञ्जालमा प्रकाशित गर्दै बेपत्ता विमानको विवरणसँग मेल खाने विमान नोमबाट लगभग ३४ माइल दक्षिणपूर्वमा फेला परेको बताएको छ । तटरक्षक दलले विमान भित्र ३ जनाको शव फेला परेको र अन्य ७ जनाको अवशेष विमान भित्र रहेको विश्वास गरिएको छ, तर “विमानको अवस्थाका कारण हाल पहुँचयोग्य छैन” भनी बताएको छ । अलास्कामा बिहीबार बेपत्ता भएको बिमान तटरक्षक दलले शुक्रबार फेला पारेका छन् ।
अलास्का राज्यका सैनिकहरूले गत बिहीबार स्थानीय समय अनुसार साँझ ४ बजेतिर नौ यात्रु र एक जना बिमानचालक बोकेर उनालाक्लीटबाट नोम जाँदै गरेको बेरिङ एयर कारभानको विवरण प्राप्त गरेको बताएका थिए । शुक्रबार दिउँसो सामाजिक सञ्जालमा यात्रुहरूका परिवारलाई घटनाको बारेमा सूचित गरिएको थियो ।
यो ८ दिनमा तेस्रो ठूलो अमेरिकी उड्डयन घटना हो । जनवरी २९ मा वाशिंगटन, डिसी नजिकैको पोटोम्याक नदीमा अमेरिकी एयरलाइन्स र सेनाको आर्मी ब्ल्याक हक उदग्रबिमान दुर्घटनामा दुई विमानमा रहेका सबै ६७ जनाको मृत्यु भएको थियो । जनवरी ३१ मा फिलाडेल्फियामा एउटा चिकित्सा बिमान दुर्घटनाग्रस्त हुँदा सवार छ जना र जमिनमा एक जनाको मृत्यु भएको थियो । कूल १० जना सवार लिएर उडेको बिमान उनालाक्लीट पश्चिमी अलास्कामा लगभग ६९० मानिसहरूको समुदाय हो, जुन नोमबाट लगभग १५० माइल दक्षिणपूर्व र एन्कोरेजबाट ३९५ माइल उत्तरपश्चिममा अवस्थित छ ।
प्रतिक्रिया