×

१६ अंकले नेप्से घट्दा ६ अर्बमाथिको कारोबार

images

आज सेयर बजार घटेको छ। मंगलबार सेयर बजारको परिसूचक १६.३० अंकले घटेर २८३५.५८ पुगेको हो। 

दिनभरमा २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ ३४ पैसाको कारोबार भएको छ।

कारोबार भएका कुल कम्पनीमध्ये १४० कम्पनीको मूल्य घटेको छ भने जम्मा ४० कम्पनीको मूल्य बढेको छ। बाँकी ११ कम्पनीको मूल्य स्थिर छ। 

त्यस्तै, आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। ट्रेडिङ, होटल एन्ड टुरिजम, नन लाइफ इन्स्योरेन्स, म्यानुफ्याचर एन्ड प्रोडक्सन र म्युचल फन्डको सूचक सकारात्मक देखिएको हो। 

मंगलबार नेपाल इन्स्योरेन्सको सेयर ३.८३ र बुद्धभूमि नेपाल हाइड्रोपावरको ३. ४४ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ। 

नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबार अरुन भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३५ करोड ८५ लाख १२ हजार ४३२ रुपैयाँ ९० पैसाको कारोबार भएको हो। 

यसपछि, अपि पावरको ३३ करोड २ लाख ८० हजार ९५९ रुपैयाँ ८० पैसा, निफ्राको ३२ करोड ३३ लाख १ हजार ८६ रुपैयाँ ९० पैसा, अपर तामाकोशीको ३२ करोड ८ लाख ५९८ रुपैयाँ ५० पैसा र हाइड्रो इलेक्ट्रिसिटी इनभेस्टमेन्ट र डिभलपमेन्टको ३० करोड १२ लाख ५१ हजार ३५३ रुपैयाँको कारोबार भएको छ।

मङ्गलबार २५ माघ २०७८ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया