×

सुनचाँदीको भाउ घट्यो

images


काठमाडौं ।  सुनचाँदीको भाउ आज घटेको छ । गत बिहीवारदेखि हिजोसम्म तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज चार दिनपछि घटबढ भएको हो ।

आज सुनको ताेलामा सात सय रुपैयाँले घटेर एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ घटेको छ ।  यसअघि तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको चाँदी आज एक हजार चार सय १५  रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार २३ पुस २०८० ०२:१० PM मा प्रकाशित

प्रतिक्रिया