काठमाडौँ । दशैँ बिदा पछि खुलेको आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ५८.५५ अंकले घटेर नेप्से २६०४.९६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२६ कम्पनिका एक करोड ३ लाख ४५ हजार ९०३ कित्ता शेयर ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार ६५६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज सेन्चुरी डेभेन्चरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया ऋण पत्रको शेयरमा ९.११ प्रतिशतले बढेको छ ।
त्यस्तै आज भूगोल इनर्जीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २८ करोड ३१ लाख र नेपाल रिइन्सुरेन्सको १९ करोड ४५ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया