काठमाडौँ। नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनअन्तर्गत सभापति पदका प्रत्याशी किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।
पार्टीभित्रको आन्तरिक एकता, सुदृढीकरण र सशक्त नेतृत्वको आवश्यकतालाई ध्यानमा राख्दै आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनले बताएका छन्। राठौरले उम्मेदवारी फिर्तासँगै सभापतिका अर्का दाबेदार गगन थापालाई पूर्ण समर्थन गर्दै उनको प्यानललाई विजयी गराउन आफ्ना प्रतिनिधि तथा कार्यकर्ताहरूलाई आह्वानसमेत गरेका छन्।
राठौरको यस घोषणासँगै कांग्रेसको सभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। उनको यो निर्णयले थापाको पक्षमा माहौल अझ बलियो भएको र पार्टीभित्र नयाँ समीकरण बनेको विश्लेषण गर्न थालिएको छ।
उम्मेदवारी फिर्ताको निर्णयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राठौरले पार्टीलाई समृद्ध र समावेशी बनाउन युवा leadership को आवश्यकता रहेको र त्यसका लागि थापा उपयुक्त पात्र भएको दाबी गरे। राठौरको समर्थनले महाधिवेशन प्रतिनिधिहरूमा नयाँ उत्साह छाएको छ।
प्रतिक्रिया