×

सोमबारको प्रदर्शनका लागि प्रशासनको अनुमति, सबै बेथितिविरुद्ध राष्ट्रिय स्तरको प्रदर्शन हुने

images

काठमाडौँ । जेनजी पुस्ताको सोमबार हुने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । आम नेपाली युवा- भ्रष्टाचार तथा बेथितिविरुद्ध राष्ट्रिय अभियानले जिल्ला प्रशासन कार्यालयले सोमबारको प्रदर्शनको अनुमति दिएको जानकारी दिएको छ ।

अभियानले सोमबार बिहान ११ बजे, काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ 'भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथिति विरुद्ध' राष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुँदैछ ।

यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथिति विरुद्धको आवाज बुलन्द गरिने अभियानले जानकारी दिएको छ ।

अभियानले यो भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान भएको जनाएको छ । 

एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन् भन्दै यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आम नागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपील गरेको छ । साथै अभियानले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित र सभ्य ढंगले सम्पन्न गर्ने अठोट रहेको बताएको छ ।

 

आइतबार​ २२ भदौ २०८२ ०७:३७ PM मा प्रकाशित

प्रतिक्रिया