×

गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी हुँदैन : नेता लेखक

images

नेपाली कांग्रेसका नेता रमेश लेखकले मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताउनुभएको छ ।

मावनअधिकार शान्ति समाजले आज यहाँ आयोजना गरेको संसद्मा प्रस्तुत विधेयकका सम्बन्धमा गरिएको छलफलमा कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहनुभएका नेता लेखकले गम्भीर प्रकृतिका मानवअधिकार हननको घटनामा सङ्लग्नलाई आममाफी दिन नसकिने बताउनुभयो ।

“गम्भीर प्रकृतिको मानवअधिकार हननको घटनामा सङ्लग्नलाई आममाफी दिनेगरी सरकारले संसद्मा पेश गरेको विधेयक परिमार्जन गर्न कांग्रेस तयार छ”, उहाँले भन्नुभयो ।

प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानवअधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहिनता पनि समाप्त हुने ढङ्गले विधेयक संसद्बाट पारित गराउने बताउनुभयो । उहाँले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकअघि बढाउने विषयमा आफूहरुले गम्भीरता पूर्वक छलफल गर्ने बताउनुभयो ।

सशस्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने सङ्क्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उहाँको भनाइ थियो । प्रमुख सचेतक लेखकले मुलुकमा मानवअधिकार, कानुनको शासन र दण्डहिनताको अन्त्य गर्ने कुरामा आफूहरु सदैव सचेत रहेको स्पष्ट पार्नुभयो । 

सोमबार २२ साउन २०८० ०७:०३ AM मा प्रकाशित

प्रतिक्रिया