×

उत्तरकाशीको बाढीको राहत र उद्धार कार्य जारी, अहिलेसम्म २७४ जनाको उद्धार

images

काठमाडौँ । मंगलबार भारतको उत्तरकाशीमा बादल फुटेर आएको बाढीपछि राहत र उद्धार कार्य जारी छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अहिलेसम्म २७४ जनालाई उद्धार गरिएको जानकारी दिएका छन् ।

उद्धार टोलीहरूले प्रभावित क्षेत्रहरूमा खोजी कार्य जारी राखेको र अहिलेसम्म दुई जनाको शव फेला परेको छ र घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ उत्तराखण्ड सरकारले जानकारी दिएको छ । घाइतेहरू सबै खतरामुक्त रहेको र अहिलेसम्म मृत्यु र बेपत्ताको संख्या यकिन नभएको बताइएको छ । विभिन्न रिपोर्टमा सय भन्दा बढी बेपत्ता रहेको बताइएपनि राज्य सरकारले अहिलेसम्म आधिकारीक जानकारी दिएको छैन । 

विपद् व्यवस्थापन सचिव विनोद सुमनका अनुसार गंगोत्री र वरपरका क्षेत्रबाट हालसम्म २७४ जनालाई हर्षिल ल्याइएको छ र सबै जना पूर्ण रूपमा सुरक्षित रहेका छन् ।

उद्धार गरिएकाहरु गुजरातका १३१, मध्य प्रदेशका २१, महाराष्ट्रका १२, उत्तर प्रदेशका १२, राजस्थानका ६, असमका ५, तेलङ्गानाका ३ र पंजाबका १ तीर्थयात्री रहेका छन् ।

जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग, आइटीबीपी,एनडीआरएफ, एसडीआरएफ र अन्य एजेन्सीहरू उद्धार कार्यमा संलग्न रहेको राज्य सरकारले जानकारी दिएको छ ।

बिहीबार २३ साउन २०८२ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया