×

अस्वस्थ रूपमा पातलो मोडेल प्रयोग गरेको भन्दै जारा ब्राण्डका विज्ञापनमा प्रतिबन्ध

images

काठमाडौँ । फेसन ब्रान्ड जाराका दुई विज्ञापनहरूमा 'अस्वस्थ रूपमा पातलो' देखिने मोडेलहरू देखाइएको भन्दै बेलायतमा प्रतिबन्ध लगाइएको छ । विज्ञापन मानक प्राधिकरण (एएसए) जाराका नयाँ दुई विज्ञापनलाई 'गैरजिम्मेवार' भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको बिबिसीले उल्लेख गरेको छ ।

साथै प्राधिकरणले यी विज्ञापनहरू फेरी देखा पर्न नहुने र जाराले आफ्ना सबै विज्ञापन 'जिम्मेवारीपूर्वक तयार पारिएको' सुनिश्चित गर्न चेतावनी समेत दिएको छ ।

प्राधिकरणको आदेश पछि जाराले विवादित विज्ञापन हटाएको जानकारी दिएको छ । साथै प्राधिकरणले प्रश्न उठाएका दुवै मोडेलसँग तस्वीर खिच्दा तिनीहरू राम्रो स्वास्थ्यमा रहेको प्रमाणित गर्ने मेडिकल प्रमाणपत्र रहेको दाबि गरेको छ । प्रतिबन्धित दुई विज्ञापन पहिले खुद्रा विक्रेताको एप र वेबसाइटमा प्रकाशित गरिएको थियो ।

एउटा विज्ञापन छोटो पोशाकको लागि थियो र प्राधिकरणले सो विज्ञापनमा मोडेलहरूको खुट्टा 'उल्लेखनीय रूपमा पातलो' देखाउन प्रयोग गरिएको बताएको थियो । अर्को प्रतिबन्धित विज्ञापन शर्टको लागि थियो र मोडेललाई 'बाहिर निस्केको'  कलरबोनलाई विज्ञापनको 'फोकल फिचर' बनाएको बताएको थियो ।

जाराले प्राधिकरणको निर्देशन अनुसार दुवै विज्ञापन हटाएको बताएको छ । साथै जाराले युके मोडेल हेल्थ इन्क्वायरी द्वारा २००७ मा प्रकाशित फेसनिङ अ हेल्दी फ्युचर नामक रिपोर्टको सिफारिसहरू पालना गरेको दाबी गरेको छ ।

यो यस वर्षको सुरुमा मोडेलहरू धेरै पातलो भएको कारण अन्य खुद्रा विक्रेताहरूले पनि यी विज्ञापनलाई प्रतिबन्ध लगाएका थिए । जुलाईमा, मार्क्स एण्ड स्पेन्सरको एउटा विज्ञापनमा पनि मोडल अस्वाभाविक रुपमा पातलो देखिएको भन्दै प्राधिकरणले प्रतिबन्ध लगाएको थियो ।

बिहीबार २३ साउन २०८२ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया