×

बागमती प्रदेश सरकार गठनमा सहभागी नहुने राप्रपाको निर्णय

images

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने औपचारिक निर्णय गरेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थामा सरकार निर्माणको सत्ता समीकरण र गणितीय खेलमा नलाग्ने निष्कर्ष निकालेको हो।

बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय तथा निर्देशनलाई पालना गर्दै बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। संसदीय दलले स्पष्ट पार्दै तत्कालीन राजनीतिक समीकरणका आधारमा सरकार गठनको दौडबाट बाहिर रहने र केन्द्रीय नीतिअनुसार नै आगामी राजनीतिक गतिविधिहरू अघि बढाउने जनाएको छ।

शुक्रबार​ २२ साउन २०८३ ११:१७ AM मा प्रकाशित

प्रतिक्रिया