×

ओमानलाई ८ विकेटले हराउँदै नेपाल एशियन गेम्स छनोटको फाइनलमा

images

 

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले जापानमा आयोजना हुने आगामी एशियन गेम्सको छनोट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार भएको अत्यन्तै महत्त्वपूर्ण सेमिफाइनल भिडन्तमा नेपालले उत्कृष्ट बलिङ र सुझबुझपूर्ण ब्याटिङको मद्दतले ओमानले दिएको लक्ष्य सहजै पछ्यायो। टस जितेर पहिले ब्याटिङ रोजेको ओमान नेपाली बलरहरूको कसिलो र धारिलो बलिङसामु निरिह देखियो। सुरुवाती ओभरदेखि नै दबाबमा परेको ओमानले पूरा ओभर खेल्न नसकी मात्र ९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमाएको थियो । ओमानलाई सानो योगफलमा रोक्न नेपालका स्पिनर तथा तीव्र गतिका बलरहरूले कसिलो बलिङ गर्दै नियमित अन्तरालमा विकेट लिएका थिए।

कप्तान रोहित र लोकेशको उत्कृष्ट साझेदारी

९६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवाती दुई विकेट चाँडै गुमाए पनि कप्तान रोहित पौडेल र आक्रामक ब्याटर लोकेश बमले इनिङ्सलाई सम्हाले।

  • दुवै बैटरले अविजित रहँदै ६८ रनको सानदार साझेदारी* गरेर नेपाललाई ८ विकेटको सहज जित दिलाए

  • यो जितसँगै नेपालले खेल सकिनुअगावै लक्ष्य भेट्टाउँदै फाइनलको यात्रा तय गर्‍यो

एशियन गेम्समा स्थान पक्का

यसअघि नै समूह चरणमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्दै समूह विजेता बनेको नेपालले यो जितसँगै जापानमा हुने एशियन गेम्सका लागि आफ्नो स्थान आधिकारिक रूपमा पक्का गरिसकेको छ ।

अब नेपाली टोलीले उपाधिका लागि फाइनल भिडन्त खेल्नेछ, जहाँ टोलीको लक्ष्य ऐतिहासिक स्वर्ण पदक जित्दै देशको नाम थप उँचो बनाउने हुनेछ।

आइतबार​ २४ जेठ २०८३ १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया