×

दिपक मनाङेले पाए कैद सजायमा २० प्रतिशत छुट

images

काठमाडौं । राजीब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज (शुक्रबार) मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका हुन् । मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुट पाउने निवेदन दिएका थिए ।

उनले फागुन १२ गते दिएको निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिएका छन् । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरेको थियो । 

‘अदालतले फैसला गरेको ६० दिनभित्र उपस्थित भएको भन्दै मनाङेले कारागारमार्फत नै निवेदन दिएका थिएँ, सोही निवेदनअनुसार उनलाई बाँकी सजायको २० प्रतिशत छुट दिने आदेश दिइएको हो’, उनले भने । उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । मिलन गुरूङ ‘चक्रे मिलन’ को हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई ५ वर्ष कैद सजायको फैसला भएको थियो । यसअघि नै उनी २ वर्ष ८ महिना कारागार बसिसकेका थिए । उनी दुई वर्ष चार महिना जेल बस्नुपर्ने हुन्थ्यो । त्यसमा पनि उनले २० प्रतिशत छुट पाउने भएका छन् ।

शुक्रबार​ २३ फागुन २०८१ ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया