×

संविधानमाथि षड्यन्त्र भइरहेको छ- अध्यक्ष डाक्टर भट्टराई

images

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।  समाजवादी महिला संघले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले हामीले जनताको अधिकारलाई प्राथमिकतामा राखेर बनाएको संविधानलाई उल्टाउने षड्यन्त्रहरु भइरहेको दाबी गरे । 

उनले राजनीतिक प्रणालीमाथि नै खतरा उत्पन्न भएको दाबी गरे । उनले भने ‘एकातिर हाम्रो राजनीतिक प्रणाली र हाम्रो अधिकारमाथि खतरा पैदा भएको छ । अर्को तिर हाम्रो शान्ति सम्झौता अनुसार संविधान निमार्ण गर्ने, सेना समायोजन गर्ने र द्धन्द्धकालिन मुद्दाहरुको निरुपण गर्ने कुरा निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत हल गर्ने जुन कुरा थियो । यो कार्यलाई पूरा हुन नदिने सानो मुद्दा उठाएर प्रधानमन्त्रीलाई अदालतमा लाने प्रक्रिया भएको छ । यो गम्भिर छ ।’

न्यायको अधिकार अहिलेको गम्भिर चुनौति बनेको भन्दै जुन गठबन्धन बन्ने र भत्कने प्रक्रिया भएको छ त्यो देशको लागि हानिकारक भएको पनि उनको भनाई छ ।  
‘जुन संविधान निमार्ण गरौ त्यसमा हामीले राखेका छौ । त्यसलाई उल्टाउनको निम्ति षड्यन्त्रहरु भएको छ । दुई पटक चुनाव भयो दुई वटा सरकार भन्यो तर हामीले अहिले पनि राजनीतिक स्थिरता दिन सकेका छैनौ। ’

संविधानले महिलालाई राजनीतिक प्रतिनिधित्वको हक, सम्पत्ति माथिको हक र नागरिकता लगायतका हक प्राप्त भएको उनले लामो संघर्षपछि महिला र पुरुषबीच समानता र राजनीतिक परिवर्तन प्राप्त भएको भन्दै नेपालमा अझै पनि सामान्य राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने बताए । 


उनले भने ‘भिन्नता र असमानता फरक कुरा हो, डिजिटल प्रविधिले लैङ्गिक समानतामा के कस्तो काम गर्छ भन्ने विषयमा अन्तराष्ट्रिय रुपमा छलफल भईरहेको छ तर नेपामा भने सामान्य राजनीतिक, आर्थिक, सांस्कृतिक अधिकार प्राप्तिको कुरामा अल्झिरहेका छौ ।’

नेपालको राजनीतिमा भइरहेको अस्थिरताले एकातिर राजनीतिक प्रणाली र अधिकारमाथि खतरा पैदा भएको र अर्को तिर शान्ति सम्झौता अनुसार संविधान निमार्ण गर्ने, सेना समायोजन गर्ने र द्वन्द्वकालिन मुद्दाहरुको निरुपणमा पनि प्रभाव गर्ने उनको भनाई छ । 
 

मङ्गलबार २३ फागुन २०७९ ०३:३९ PM मा प्रकाशित

प्रतिक्रिया