×

सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक कानूनको निमार्ण गर्ने मन्त्री शर्माको प्रतिवद्धता

images

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक कानूनको निमार्ण गर्ने बताएकी छन् ।   मंगलबार भृकुटीमण्डपमा भएको इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले सूचना प्रविधिले देशको राजस्व बढाएर अर्थतन्त्रको विकास गर्ने बताउँदै यस क्षेत्रमा आवश्यक कानूनको निमार्ण गर्ने प्रतिवद्धता जनाएकी हुन् । 

‘‘नेपाल सरकारले सूचना तथा प्रविधिको क्षेत्रमा गर्नुपर्ने लगानि तथा सहयोगको बारेमा छलफल गर्न आवश्यक छ । सूचना तथा प्रविधि मन्त्रालयको प्रतिनिधित्वको हैसियतले यस क्षेत्रमा हुने विकास निमार्णका लागि यस क्षेत्र सम्बन्धीत कानून बनाउँने प्रस्ताव चाँडो संसदमा लाने र संसोधन गर्ने छौं  । हाम्रो अर्थतन्त्र कमजोर र विग्रिएको अवस्था छ । त्यसैले सबै गर्न नसकेपनि सकेजति गर्ने छौं । सबैको सुझाब दिनुहोला । यहाँहरुको सल्लाह सुझाबलाई लिएर यो क्षेत्रलाई अगाडि बढाउँने प्रविद्धता व्यक्त गर्दछु ।’’

 
मन्त्री शर्माले सूचना प्रविधिलाई राज्यको उच्च प्राथमिकतामा राखेर देशको महत्वपूर्ण क्षेत्र कृषि , शिक्षा र  स्वास्थ्यमा जोडेर लानुपर्ने टिप्पणी गरेकी छन् । 
सूचना र प्रविधिलाई प्रयोग गर्न सकेमा सेवा क्षेत्रलाई इस्मार्ट बनाउँन सकिने उनको भनाई छ । 

मङ्गलबार २४ माघ २०७९ ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया