काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।
सुनामीको चेतावनी लगत्तै सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा अवस्थित एक होटललाई सुनामीको चेतावनीका लगागार अलर्ट आएका थिए ।
शक्तिशाली भूकम्प पश्चात क्यालिफोर्नियाको हम्बोल्टमा १०औं हजार मानिस अन्धकारमा बस्न बाध्य छन्, उनीहरुसँग विजुली छैन ।
भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवं सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया