×

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

images

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आजबाट औपचारिक रूपमा उम्मेदवारी मनोनयन पत्र दर्ताको कार्यक्रम सुरु भएको छ। बन्दसत्रबाट संशोधित विधान र प्रतिवेदनहरू पारित हुनुका साथै मतदाताको अन्तिम नामावली प्रकाशन भएसँगै पार्टी नयाँ नेतृत्व चयनको चुनावी प्रक्रियामा होसिएका हुन्।

images

कांग्रेस महाधिवेशनका लागि ७,११४ मतदाता तय (नामावलीसहित)

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरिबाट प्रतिनिध...

केन्द्रीय निर्वाचन समितिका अनुसार २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिका लागि इच्छुक नेता-कार्यकर्ताहरूले आज तोकिएको समयभित्र आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन्।

निर्वाचन समितिको कार्यतालिका:

  • मनोनयन दर्ता: आज बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म

  • उम्मेदवारको प्रथम नामावली प्रकाशन: आज दिउँसो ४:३० बजे

  • दाबी-विरोध तथा उजुरी: दिउँसो ४:३० देखि ५:३० बजेसम्म

  • उम्मेदवारी फिर्ताको समय: असोज २१ गते बिहान ९:०० बजेसम्म

  • अन्तिम नामावली प्रकाशन: असोज २१ गते बिहान १०:०० बजे

मनोनयन दर्ता सकिएपछि उम्मेदवारहरूमाथि दाबी-विरोध र जाँचबुझको प्रक्रिया पूरा गरी भोलि अन्तिम नामावली प्रकाशित गरिनेछ। नयाँ कार्यसमिति चयनका लागि आगामी असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५:०० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।

मङ्गलबार २० असोज २०८३ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया