×

फेसबुकले हटाएको बालेन्द्र शाहको पोस्ट गर्‍यो रिकभर

images

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको फेसबुक पोस्ट रिकभर भएको छ । फेसबुकले हटाएको पोस्ट शुक्रबार पुनः रिकभर गरिदिएको हो । फेसबुकले बालेनसँग माफी माग्दै स्टाट्स रिकभर गरेको बताइएको छ । बालेनले पनि आफ्नो रिकभर भएको स्टाटसमा कमेन्ट गरेर यसको पुष्टि गरेका छन् ।

बालेनले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै भदौ १६ गते एक स्टाटस लेखेका थिए । त्यसमा उनले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । साथै उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यङग्य पनि गरेका थिए ।

मेयर बालेनले भने स्ट्याटसमा एमाले कार्यकर्ताले रिपोर्ट गरेर उडाएको बताउँदै आएको थिए। फेसबुकले भने स्ट्याटस हटाएको बारे केही उल्लेख गरेको थिएन।

‘पोस्ट उडाउने हैन, दोषी समाउ, सरकार; म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाऊ,’ भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध रोष प्रकट गरेका थिए। त्यसपछि मेयर बालेनका समर्थकले प्रधानमन्त्रीको फेसबुकमा अनफलो अभियान सुरू गरेका थिए।

शुक्रबार​ २१ भदौ २०८१ ०८:५६ PM मा प्रकाशित

प्रतिक्रिया