×

विश्वप्रकाशको रास्वपालाई तीन 'अ' बाट मुक्त हुन सुझाव

images

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई तीन 'अ' बाट मुक्त हुन सुझाव दिएका छन् ।

images

विश्वप्रकाशको रास्वपा सांसदलाई प्रश्न- बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन ?

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन...

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले रास्वपालाई नयाँ दलले नयाँ संस्कार प्रस्तुत गर्नु पर्छ भन्दै तीन 'अ' अतार्किक अडान, आवेग र अराजकताबाट मुक्त हुन सुझाव दिएका हुन् ।

images

व्याख्यात्मक टिप्पणीले एमसीसी जस्ताको तस्तै पारित हुन दिएनौं- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी सम्झौता जस्ताको...

शर्माले रास्वपाले लगाउदै आएको भिजिट भिसा प्रकरणको जवाफ दिदै रवि लामिछाने गृहमन्त्री हुदा सबैभन्दा बढी भिजिट भिसामा विदेश गएको आँकडा प्रस्तुत गरेका थिए । उनले रास्वपालाई जिम्मेवार बन्न आग्रह गर्दै संसद बहिष्कार गरेर अराजनीतिक गतिबिधि नगर्न अनुरोध गरेका छन् । शर्माले राजनीतिक दलले गर्ने काम राजनीतिक दलले गर्नुपर्ने भन्दै कानुनलाई आफ्नो काम गर्न दिनुपर्ने बताए । उनले सहकारीमा पाँचसय भन्दा बढी पक्राउ परेकामा अरु सबै ठग एक जना रवि लामिछाने प्रतिशोधले थुनिएको नहुने बताए ।  

शर्माले आफ्ना धारणा राख्दै सरकारलाई स्वास्थ्य, कृषि, विकास निर्माणका काममा मन्त्रीहरु र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले सहकारी पिडितको रकम फिर्ता गराउने बातावरण बनाउन प्रधानमन्त्री विदेशबाट फर्किनासाथ ध्यानाकर्षण गराउने बताउदै जीबी राई अहिलेसम्म पक्राउ नपरेकोमा सरकारलाई प्रश्न गरेका छन् ।

महामन्त्री शर्माले जनतालाई फकाउन भन्दा भड़काउन सजिलो हुने भन्दै एकथरीले २०८४ मा आफुहरु आएपछि सबै ठिक हुने भन्दै जनता भड्काइरहेको आरोप लगाए ।

 

बुधबार २२ साउन २०८२ ०४:०५ PM मा प्रकाशित

प्रतिक्रिया