×

विश्वप्रकाशको रास्वपा सांसदलाई प्रश्न- बहिष्कार गर्दाको पैसा खातामा गएको छ की छैन ?

images

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बहिष्कार गरिरहेका रास्वपाका सांसदहरुको खातामा बैठक भत्ता गएको छ की छैन भन्दै प्रश्न गरेका छन् ।

images

रास्वपासँग आफैले उठाएका विषयको तथ्य छैन- गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले रास्वपा र राप्रपासँग आफुहरुले उठाएका प्रश्नको तथ्य नभएको जिकिर गरेका छन् ।    प्रतिनिधीसभ...

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री शर्माले आफु सगरमाथा बेस क्याम्पमा जादा २१ दिनको संसद बैठकको भत्ता नलिएको उल्लेख गर्दै अहिले रास्वपाका सांसदले बैठक बहिष्कार गरेको भत्ता लिएका छन् की छैनन् भन्दै प्रश्न गरेका छन् ।

उनले भने- म २१ दिनको समय अवधि हिमाल आरोहणमा गएको बेला पत्र लेखेर यो अवधिमा संसदमा उपस्थित हुन सक्दिन भनेर जानकारी दिए बमोजिम, सोहि अनुसार म काममा नलागेको बेलाको रकम मेरो खातामा पठाएको छैन । तर आज नैतिकताको प्रश्न  गर्दैगर्दा दैनिक रुपमा संसदमा उपस्थित हुने, नियमित रुपमा बैंक खातामा जाने काम भएको छ की छैन । साथीहरुले जनताले तिरेको करको पैसाको गरिमा राख्नु भएको छ की छैन ।' 

साथै  शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालामा गएको उनले उल्लेख गरे ।

‘आवेगमा आएर विषयवस्तुलाई नहेरौं । रास्वपालाई मेरो सुझाव छ । नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईंहरू तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट,’ उनले भनेका छन् । उहाँले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत उनले कोट्याए ।

‘तपाईंहरूकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरू गएका छन् । तपाईंहरूले संसद् बहिष्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो? म सोध्न चाहन्छु,’ शर्माले भनेका छन् । गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने नेताहरू उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन? भन्ने उनको प्रश्न थियो ।

बुधबार २२ साउन २०८२ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया