×

वि. सं २०८२ जेठ २३ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समय शुभ रहनेछ। व्यापार, नोकरी र सामाजिक क्षेत्रमा प्रगति हुनेछ। जग्गाजमिन सम्बन्धी कामबाट लाभ मिल्ने सम्भावना छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समय औसत रहला। खर्च बढ्न सक्छ, नयाँ लगानी टार्नु उपयुक्त हुनेछ। शारीरिक थकान र यात्रा असजिलो बन्न सक्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उत्साहमा कमी आउनेछ। अरूका लागि गरेको प्रयास निष्फल हुन सक्छ। बोल्दा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

समय लाभदायक रहनेछ। सानो प्रयासबाट पनि राम्रो उपलब्धि मिल्नेछ। एउटै कार्यबाट दोहोरो लाभको सम्भावना छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामान्य समय हो। मिहिनेतपछि मात्र सफलता मिल्नेछ। दीर्घकालीन योजना र लगानीमा ध्यान दिन उपयुक्त छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय राम्रो छ। दाम्पत्य सुख मिल्नेछ, आम्दानी बढ्नेछ। रमाइलो यात्रा र धार्मिक कार्यमा सहभागिता सम्भव छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

औसत समय हो। धार्मिक कार्यमा संलग्न भइनेछ। कृषिकर्म र व्यवसायबाट सानो आम्दानी हुन सक्छ। आत्मबल केही कमजोर देखिन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय अनुकूल रहनेछ। आम्दानी बढ्नेछ, नयाँ कामको थालनीका लागि अनुकूल दिन हो। पढाइमा पनि सुधार देखिनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मध्यम समय छ। विवादमा नियन्त्रण आवश्यक छ। यात्राको सम्भावना रहन्छ, स्वास्थ्य सन्तोषजनक रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

औसत समय हो। स्वास्थ्यमा समस्या आउन सक्छ। पारिवारिक तनाव बढ्न सक्छ तर साथीभाइसँगको भेटघाट सुखद् रहनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक तनाव बढ्न सक्छ। खर्च बढ्ने सम्भावना छ, काममा अवरोध आउन सक्छ। सतर्कता आवश्यक छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय र स्वास्थ्य अनुकूल रहनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। धार्मिक यात्राबाट लाभ मिल्नेछ।

शुक्रबार​ २४ जेठ २०८२ ०५:५२ AM मा प्रकाशित

प्रतिक्रिया