×

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

images

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा आयोजना हुने तय गरिएको छ ।बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५ औँ महाधिवेशनको तयारीलगायत महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरूले संसदीय दलको नेता चयन गरिसकेका भए पनि कांग्रेसले भने हालसम्म आफ्नो नेता टुंगो लगाउन सकेको छैन, जसले आन्तरिक छलफललाई थप महत्त्वपूर्ण बनाएको छ ।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई र भरतबहादुर खड्कालगायत नेताहरूको नाम चर्चामा रहेको छ । आजको बैठकले संसदीय दलको नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सोमबार २३ चैत २०८२ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया