×

२०८२ साल फाल्गुन २२ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): प्रतिस्पर्धा वा अध्ययनमा नतिजा हात पार्न सकिनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्यसम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ । छोटो दूरीको यात्राको योग रहेको छ । खाद्यान्न तथा औषधिजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो): तपाईँले गरेको पेशा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा समय खर्चनेहरूका लागि समय उत्तम रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनका लागि चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । तर पनि सवारी साधन तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): छोटो दूरीको रमाइलो यात्राको तय हुनेछ । लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारका मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवनसाथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरू सहजै समाधान हुनेछन् । राजनीतिमा पद प्राप्तिको योगलाई नकार्न सकिँदैन ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): राजनीतिकर्मी तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउन सक्नेछन् । नोकरीमा सहकर्मीहरूलाई पछि पार्दै राम्रा काम गरी सम्मान पाउने योग रहेको छ । पढाइलेखाइमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनताको आलोचनात्मक समर्थन पाइने योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यम रहेको छ । तापनि लामो दूरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): साथीभाइ, बन्धुबान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगको लगानीबाट थोरै भए पनि लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिकर्मीका लागि समय राम्रो रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । खाद्यान्न तथा औषधिजन्य सामानको व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आय बढाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि यात्राको योग रहेको छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी): कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ भने अग्रजहरूको सम्पत्ति प्रयोग गर्न पाइनेछ । नवीन विचारको प्रयोगमार्फत व्यवसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान गरिनेछ । धर्म तथा अध्यात्मजस्ता क्षेत्रमा चासो बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा): व्यवसायमा लगानी गरे पनि समयमा प्रतिफल प्राप्त नहुँदा आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आम्दानीको तुलनामा खर्च धेरै हुनाले दैनिकी प्रभावित हुनेछ । नचाहँदानचाहँदै तपाईँको बोलीले अरूको मन दुख्नेछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, नराम्रा घटनाहरू घट्न सक्छन् । पढाइलेखाइमा समय दिए पनि भनेजस्तो नतिजा आउनेछैन । मनमा एक किसिमको निराशापनको विकास हुने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): औषधिजन्य वा दैनिक उपभोग्य वस्तुको व्यापारबाट धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा छोटो दूरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरू आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । राजनीतिमा प्रवेश वा पद पाउने गतिलो योग रहेको छ ।

शुक्रबार​ २२ फागुन २०८२ ०६:५२ AM मा प्रकाशित

प्रतिक्रिया