×

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

images

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । 

सरकारी वकिलले भने पाण्डेलाई १० देखि १२ वर्ष कैद सजायको माग गरेका थिए ।

बाल यौन दुर्व्यवहारमा जिल्ला अदालतले पाण्डेलाई ६ महिना कैद र पिडितलाई ५० हजार क्षतिपूर्ति भराउन आदेश गरको थियो।

न्यायाधीश ढकालको इजलासले मानववेचविखन ऐनको दफा ४ उपदफा २ को (ख) बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा १५ दफा १को(छ) ७ वर्ष कैद र पिडितलाई ७५ हजार क्षतिपूर्ति दिलाएको हो। 

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो ।  तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

सोमबार २३ माघ २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया