×

कमलपोखरीस्थित  मम पसलमाग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

images

काठमाडौं । काठमाडौँको कमलपोखरीस्थित शानदार मम पसलमा आज बिहान ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ ।  प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको  सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगरको अवस्था गम्भीर रहेको बतायिएको छ । 

बिहीबार २४ माघ २०८१ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया