×

पाल्पामा बस दुर्घटना- ६ जनाको मृत्यु‚ १८ घाइते

images

पाल्पा- पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। 


बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । 

शुक्रबार​ २२ पुस २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया