×

फस्र्ट स्टेपको स्पोर्टस् डे सम्पन्न

images

 

चन्द्रागिरी – १२ बलम्बुस्थित फस्र्ट स्टेप प्रिस्कुलले आयोजना गरेकोे तीन दिवसिय स्पोर्टस् डे शुक्रबार सम्पन्न भएको छ ।
विद्याथीहरुमा अन्तरनिहित खेल क्षमताको अभिबृद्धि गर्दै साना बालबालिकाहरुको मानसिक र बौद्धिक विकास गरि भविश्यमा स्वस्थ्य नागरिक र खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको स्पोर्टस् डे मा स्कुलमा अध्ययनरत प्रिस्कुल स्तरका विद्यार्थीहरु विच विभिन्न खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
जसमा ३० मिटर खुल्ला दौड, चम्चा गुच्चा दौड, रिङ्ग दौड, रिले दौड, स्वीट्स दौड, वाटर फिलिङ्ग, स्याक दौड, विडिङ्ग, म्युजिकल चेयर, ब्याग प्याक, एरेन्जिङ्ग लेटरको आयोजना गरि विद्याथीविच फन गेमको रुपमा प्रतिस्पर्धा गराईएको थियो ।
विजयी खेलाडी तथा सहभागी सम्पूर्ण बिद्यार्थीहरुलाई स्कुलकी प्रिन्सिपल कृष्णकला शर्मा पन्थी, खेल प्रशिक्षक उद्धब पौडेल, अभिभावक लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा स्कुलका शिक्षकहरुका विच पनि म्युजिकल चेयरको आयोजना गरिएको थियो । जसमा सदिक्षा पौडेलले जित हात पारेकी थिईन् ।
यो प्रतियोगिता आगामी माघमा आयोजना हुने दोश्रो नेपाल ईन्टर प्रिस्कुल स्पोर्टस् ९ल्क्ष्एक् ( त्ब्ँक्ष्क्ब्० २०२४ को तयरीको रुपमा समेत रहेको स्कुलकी प्रिन्सिपल शर्माले जानकारी गराईन् ।

शनिबार २१ पुस २०८० ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया