×

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने

images

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको छ। गठबन्धनबीच  भागबण्डा टुंग्याउनकाे लागि साँझ फेरि बैठक बस्नेछ । यसअघि  प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेकाे थिए।

साेही अनुसार बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए । तर आज बसेकाे गठबन्धनकाे बैठकले एमालेलाई नसमेट्ने सहमति गरेसँगै ‘च्याप्टर क्लोज’ भएकाे हाे । बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए। 

उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए।  उनले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो। राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर। आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्नेछ। सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ।

गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ। सरकारमा सहभागी सहयोगी दलहरूबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ। सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ। सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले। साँझसम्ममा टुंगोमा पुग्छौं।’

शनिबार २१ पुस २०८० ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया