×

कांग्रेसमा थपियो पद र पदाधिकारी: केन्द्रीय समिति २३८ सदस्यीय बन्ने

images

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्रको बढ्दो नेतृत्व आकांक्षा र व्यवस्थापनलाई सम्बोधन गर्न पदाधिकारीसहित केन्द्रीय समितिको आकार थप 'जम्बो' बनाउने भएको छ। १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा जारी बन्दसत्रबाट विधान संशोधन प्रस्ताव पारित गराएर केन्द्रीय कार्यसमितिको संरचना र संख्या बढाउने तयारी अन्तिम चरणमा पुगेको छ।

images

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको जारी केन्द्रीय का...

नयाँ व्यवस्थाअनुसार कांग्रेसमा पदाधिकारीको संख्या २१ पुर्‍याइनेछ भने कुल केन्द्रीय कार्यसमितिको आकार २३८ सदस्यीय बनाइनेछ।

images

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको जारी केन्द्रीय का...

पदाधिकारीको संरचना र पद विभाजन (कुल २१ पदाधिकारी):

  • सभापति: १ जना

  • उपसभापति: ४ जना (यसअघि २ जना रहेकोमा बढाएर ४ पुर्‍याइएको, जसमा १ जना वरिष्ठ उपसभापति रहने र कम्तीमा १ जना महिला अनिवार्य प्रस्ताव गरिएको)

  • महामन्त्री: २ जना (यसलाई साविककै २ पदमा यथावत् राखिएको)

  • सहमहामन्त्री: १३ जना (विभिन्न समावेशी क्लस्टर, महिला र युवाको प्रतिनिधित्व बढाउन सहमहामन्त्रीको संख्या १३ पुर्‍याइने)

  • कोषाध्यक्ष: १ जना (केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था कायम रहने)

केन्द्रीय समितिको कुल आकार र आरक्षण:

  • कुल सदस्य संख्या: २३८ जना

  • युवा आरक्षित कोटा: ३५ वर्षमुनिका युवाका लागि २१ वटा केन्द्रीय सदस्य पद आरक्षण गरिएको

  • मनोनीत सदस्य: समावेशी सन्तुलन मिलाउन सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यको संख्या ६१ पुर्‍याइएको

पार्टीभित्र पुस्तान्तरणको चाप, समावेशिताको सुनिश्चितता र शीर्ष तहका आकांक्षीहरूको व्यवस्थापनका लागि विधान मस्यौदा समितिमार्फत यो नयाँ सांगठनिक ढाँचा तय गरिएको कांग्रेस नेताहरूले बताएका छन्।

सोमबार १९ असोज २०८३ १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया