काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रबाट फिफा विश्वकपमा छनौट हुने ६ देशको टुंगो लागेको छ ।
शुक्रबार सम्पन्न छनौट खेलपछि उरुग्वे, इक्वेडर, कोलोम्बिया र पराग्वे विश्वकपमा सिधै छनौट भएका हुन् । दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना र ब्राजिल यस अघि नै विश्वकपमा छनौट भएका थिए ।
अब दक्षिण अमेरिकी क्षेत्रका विश्वकप छनौटका अन्तिम खेलपछि इन्टर कन्टिनेन्टल छनौट खेल्ने एक देशको टुंगो लाग्ने छ ।
यस दौडमा भेनेजुएला र बोलिभिया रहेका छन् । त्यस्तै दक्षिण अमेरिकी क्षेत्रबाट चिली र पेरु भने विश्वकपमा छनौट हुन असफल भएका छन् ।
दक्षिण अमेरिकी क्षेत्रबाट ६ देश सिधै विश्वकपमा छनौट हुने छन् भने एक देश इन्टर कन्टिनेन्टल छनौट खेल्ने अवसर पाउने छन् ।
२०२६ मा हुने फिफा विश्वकपमा अहिलेसम्म आयोजक तीन देशसहित १६ देश छनौट भएका छन् । जसमा आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित जापान, न्यूजील्याण्ड, इरान, अर्जेन्टिना, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, अस्ट्रेलिया, ब्राजिल, इक्वेडर, उरुग्वे, कोलोम्बिया र पराग्वे रहेका छन् ।
प्रतिक्रिया