काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।
एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया