×

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

images

काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मिना कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । 

मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

 

मङ्गलबार २१ साउन २०८२ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया