×

रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद विराजभक्त श्रेष्ठ र राप्रपाका सांसद दिपकबहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । उनले अहिले गठन भएको छानबिन समिति टालटुले भएको बताए । 

त्यस्तै राप्रपा सांसद सिंहले भिजिट भिसा प्रकरणमा सरकारले पनि चासो नदेखाएको र सभामुखले पनि चासो नदिएको बताए । 

रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

मङ्गलबार २१ साउन २०८२ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया