काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् । आज सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायमलगायतमा सरकार चुकेको बताए ।
उनले एमाले–कांग्रेसको दुई तिहाइको संख्याले नभई सदनभित्र रहेका सबै दलका साथै सरोकारवालाहरुको राय लिएर मात्रै संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे। आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको भन्दै कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए।
प्रतिक्रिया