×

उदयपुरमा बालिका मृत्यु प्रकरण : हत्या भएकाे हुन सक्ने प्रहरीकाे अनुमान, २ जना पक्राउ

images

उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ बुद्धचाेककी १५ वर्षीया कविता सुनुवारको मृत्यु प्रकरणमा अनुसन्धान थालेको प्रहरीले दुई जनालाई नियन्त्रण गरेको छ । प्रहरीले नियन्त्रणमा  लिएकाहरूको विवरण भने सार्वजनिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे ।‘घटनाको अनुसन्धान गरिरहेका छौँ, उहाँले भन्ननुभयो, ‘अनुसन्धानका क्रममा दुई जना युवकलाई नियन्त्रणमा लिएका छौँ ।’ 

ट्युशन जान भनेर घरबाट निस्केकी कविता आज मङ्गलवार बिहान मृत भेटिएकी थिइन् । जशाेधा खोलाको किनारमा काठका मुढाहरू थुपारिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हाे । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।

स्थानीयवासीले बालिकाको मृत्यु नभइ निर्मम हत्या भएकाले निष्पक्ष छानबिनको हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् । 

मङ्गलबार २२ चैत २०७८ ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया