×

निर्वाचन अयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की

images

काठमाण्डाै ।  निर्वाचन आयोगले दलहरुलाई बोलाएको छलफलमा चर्काचर्की भएको छ । 

निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको मंगलवारको छलफलमा चर्काचर्की भएको छ । आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका हुन् ।

दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो । आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भए पनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।  

मङ्गलबार २२ चैत २०७८ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया